
भारतको पश्चिम विहारमा दुईजना दिदीबहिनीको घाँटी रेटेर हत्या गरिएको छ । घटनालगत्तै हत्यारा फरार भएका छन् ।
घटना भएको सूचना पाउनासाथ प्रहरी पुगेपनि हत्यारा फरार भइसकेका थिए । प्रहरीले शवलाई पोष्टमार्टमका लागि नजिकको अस्पताल लगेको छ ।
स्थानीय प्रहरीका डिएसपी सेजू पी कुरूविलाका अनुसार मृतक ७५ वर्षीया ऊषा पाठक र ७० वर्षीया आशा पाठक दिदीबहिनी हुन् ।
दुवैजनाको टाउकोमा पनि गम्भीर चोटको निशान छ ।
डिएसपीका अनुसार ऊषा पाठक हापुड यूपी स्थित एक कलेजमा म्यूजिक टीचर थिइन् र आशा पाठक कृषि भवनमा लाइब्रेरियन थिइन् । दुवैजना रिटायर भइसकेका थिए ।
प्रहरीका अनुसार घटनास्थल हेर्दा हत्याराहरु सजिलै घरभित्र घुसेका छन् घरको सामानहरु यत्रतत्र छरिएका थिए । घरबाट के कति लुटपाट भयो भन्ने कुरा यकिन भएको छैन ।
अहिले प्रहरीले आसपासका व्यक्तिहरुसँग सोधपुछ गर्ने काम गरिरहेको छ ।
श्रोत: आजतक