काठमाडौं–सर्वोच्च अदालतको मानहानि मुद्दा खेपेका डा. गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेश सर्वोच्च अदालतले गरेको छ।
न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा बुधबार भएको दुवै पक्षको बहसपछि मुद्दालाई निरन्तरता दिँदै डा. केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेश भएको हो।
आदेशमा प्रधानन्यायाधीश गोपाल पराजुलीका दुवै नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र पत्र झिकाउन भनिएको छ। यसअघि शशि शर्माका पक्षमा सर्वोच्चले गरेको फैसलाको मिसिल पनि झिकाउन इजलासले आदेश दिएको छ।
सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीका अनुसार केसी पक्षका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको रोहवरमा केसीलाई छाडिएको हो। डा. केसीले अदालतको अनादर भए माफी चाहन्छु भनेकाले उनलाई साधारण तारेखमा रिहा गरिएको प्रवक्ता पन्थीले जानकारी दिए।
यो पनि पढ्नुहोस्…
ककसले बहस गरेका थिए डा. केसीका विपक्षमा?
रिहापछि भावी आन्दोलनको स्वरुप तय गर्न डा. केसी व्यस्त