
आफूलाई साधारण तारेखमा छाड्ने र प्रधानन्यायाधीशका कागजात झिकाउने अदालतको आदेशलाई डा. गोविन्द केसीले सकारात्मक रुपमा लिएका छन्।
‘आजको निर्णयले अदालतको गरिमा अझ बढेको छ, अनशनबारे भोलि निर्णय गर्छु,’ डा. केसीले अदालत परिसरमा बुधबार साँझ सञ्चारकर्मीहरुसँग भने।
‘अदालतको आदेश सकारात्मक हो, यसले न्यायालयको गरिमा बढाएको छ,’ डा. केसीले भने।
उनी सर्वोच्च अदालतबाट टिचिङ अस्पतालतर्फ लागेका छन्।
यो पनि पढ्नुहोस्…
डा. केसीलाई छाड्ने र प्रधानन्यायाधीशका कागजात झिकाउने आदेश जस्ताको तस्तै