सशस्त्र प्रहरी बलको एपिएफ क्लब धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ।
बुधवार धनगढी रंगशालामा भएको क्वाटरफाईनलमा पहिलो संस्करणको उपविजेता संकटा क्लवलाई २–० ले पाखा लगाउँदै एपिएफ अन्तिम चारमा पुगेको हो। संकटा अघिल्लो वर्ष फाईनलमा मनाङ मस्याङ्दीसँग १–० ले पराजित भएको थियो।
विभागीय टोली एपीएफलाई जिताउन युवा खेलाडी अन्जन विष्ट नायक रहे। पहिलो हाफको २३ औँ मिनेटमा गोल गर्दै आफ्नो टीमलाई १–० को अग्रता दिलाएका उनले दोस्रो हाफको ८५ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे। विष्टले अतिरिक्त समयको पहिलो मिनेटमा पाएको ह्याट्रिक गर्ने सुनौलो मौका भने चुकाए। उनको प्रहार गोलपोष्टको माथिबाट बाहीरियो। दुई गोल गरेर टिमलाई जिताएका अन्जनले म्यान अफ द म्याच हुदै नगद १० हजार हात पारे।
एपिएफएका प्रशिक्षक रत्नकाजी महर्जनले पहिलो खेलभन्दा सुधारिएको प्रदर्शन गरेकोले सेमिफाइनल पुग्न सफल भएको वताए। अर्को खेलमा अझ राम्रो खेलेर उपाधि जित्ने दौडमा रहने उनले बताए।
संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीहरुले खुलेर खेल्न नसकेको बताए। उनले दोस्रो हाफमा पाएका धेरै मौकाहरु सदुपयोग गर्न नसक्दा हार्नु परेको बताए।
प्रतियोगिता अन्तर्गत बिहीबार अर्को विभागीय टीम नेपाल आर्मी क्लव र थ्री स्टार क्लव प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११, उपविजेताले ५ लाख ५५ हजार ५५५ प्राप्त गर्नेछन्। यस्तै विभिन्न विधाका उत्कृष्ट बन्नेले समान १५–१५ हजार पाउँदा उत्कृष्ट एक खेलाडीले यमाहा मोटरसाईकल पुरस्कार पाउनेछन्।
यो पनि पढ्नुहोस्…

भर्खरै
लोकप्रिय






































































































































































































