प्रधानमन्त्री ओली अस्वस्थ

प्रधानमन्त्री ओली हिजो भन्दा आज उज्यालिए

प्रधानमन्त्री ओली हिजो भन्दा आज उज्यालिए
+
-

काठमाडौँ (महाराजगञ्ज) – त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केही सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहानै त्रिवि अस्पतालमा भर्ना गरिएको हो । प्रधानमन्त्री ओलीमा सोमबार भन्दा मंगलबार बिहान स्वास्थ्यमा सुधार भएको देखिएको उनका निजी चिकित्सक डा. दीलिप शर्माले बताएका छन् ।

ओली अहिले अघिल्ला दिनको तुलनामा राम्रोसँग कुरा गर्न सक्ने भएको डा. शर्माले देश सञ्चारलाई जानकारी दिए । ओलीले सोमबार बेलुका र अहिले बिहान झोलिलो पदार्थ खाएका छन् । ओलीको स्वास्थ्य अवस्थाको पछिल्लो रिपोर्ट बिहान ९ बजेपछि आउने छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन उपचारमा संलग्न डाक्टरहरुले बिहान १० बजेपछि पत्रकार सम्मेलन गर्ने तयारी छ ।

यस्तै प्रधानमन्त्री ओलीका अर्का निजी चिकित्सक डा. दिव्या सिंह शाहले पनि स्वास्थ्यमा केही सुधार देखिएको बताएकी छन् । स्वास्थ्य अवस्था बारेको विस्तृत विवरण भने औपचारिक रुपमा नै जारी गर्ने उनले पनि बताएकी छन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीलाई सकेसम्म उपचार गर्न विदेश लैजान्नौँ: चिकित्सकहरु

प्रधानमन्त्रीलाई सकेसम्म उपचार गर्न विदेश लैजान्नौँ: चिकित्सकहरु

प्रधानमन्त्री ओली अस्पताल भर्ना

प्रधानमन्त्री ओली अस्पताल भर्ना

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?