
काठमाडौँ- २९६ औँ पृथ्वीजयन्तीलाई ११ वर्षको अन्तरपछि फेरि बिहीबार राष्ट्रिय एकता दिवसका रुपमा मनाइएको छ।
उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री कमल थापालगायत मन्त्रीहरुसँगै समाजका विभिन्न क्षेत्रका अगुवाहरु र राजनीतिक दलका नेताहरुले रामशाहपथमा अवस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरेका छन्।
वि.सं. २०६३ को राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषदमा गृहमन्त्री रहेका कृष्णप्रसाद सिटौलाको निर्णयद्वारा पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने परम्परा समाप्त गरिएको थियो।
करिब दुई महिनापहिला देउवा मन्त्रिपरिषद्ले उक्त निर्णय उल्टाई पृथ्वी जयन्तीलाई पुन: राष्ट्रिय एकता दिवसको हैसियत प्रदान गरेको थियो।
तस्बिरहरु- बर्षा शाह/देशसञ्चार
यो पनि पढ्नुहोस्…