
सैफ अली खानकी छोरी सारा अली खानको डेब्यू चलचित्र केदारनाथको टिजर सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा यसले राम्रो रेस्पोन्स पाइरहेको छ ।
अभिषेक कपूरको निर्देशन रहेको चलचित्र केदारनाथको भिडियो मंगलबार दिउँसो सार्वजनिक भएको हो । चलचित्र केदारनाथमा प्राकृतिक विपत्तिसँग जोडिएको प्रेम कहानीलाई प्रस्तुत गरिएको छ ।
चलचित्रको टिजर भिडियो शानदार छ । यसमा सारा अली खान, सुशान्त सिंह राजपूतसँग किस सिन दिदै गरेको देखिन्छन् ।
केदारनाथ सैफ अली खान की छोरी साराको डेब्यू चलचित्र हो । साराले डेब्यू चलचित्रमै किस सिन दिएकी हुन् । यो चलचित्र लगभग तयार भइसकेको छ । तर केही कुरामा विवाद भएपछि यसको रिलीज डेट पक्का भइसकेको छैन ।
केदारनाथको टिजरमा के छ ?
टिजरमा कुनै पनि संवाद छैन । किस सिन छ । टिजर भिडियोमा यसलाई देखाइएको पनि छ । टिजर हेरेर मात्र यो बुझ्न सकिन्छ कि केदारनाथ विपत्तिमा परेकी सारालाई सुशान्तले जसरी भएपनि बचाउन चाहन्छन् ।
केदारनाथको कहानी पवित्र मन्दिर दर्शन गर्न गएका श्रद्धालुको यात्रामाथि आधारित छ । केहीवर्षअघि केदारनाथमा ठूलो वर्षापछि बाढी आएको थियो जसमा धेरै श्रद्धालुको ज्यान गएको थियो ।