काठमाडौं-स्नातकतह पढाई हुने संस्थाको प्रमुखमा स्नातक पास गरेकाले नै आवेदन दिन सक्ने गरी संस्कृती,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले दरखास्त आह्वान गरेको छ।
मन्त्रालयले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समितीको कार्यकारी निर्देशक पदमा स्नातक वा सो सरह उत्तीर्ण गरेकाले आवेदन दिन सक्ने गरि विज्ञापन प्रकाशित गरेको छ।
मन्त्रालय मातहतको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समीतिले यसै बर्षदेखि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई माउन्टिनेएरीङ्ग बिषयमा स्नातक कार्यक्रम संचालन गरेको हो।
पर्यटक क्षेत्रको अनुसन्धान र अध्यापनमा लामोसमयदेखि सक्रिय एक प्राध्यापकले भने सरकारले एकेडेमीक संस्थाको महत्त्व नै बुझ्न नसकेकाे अाराेप लगाए। उनले भने,अन्य विकास समिति जस्तै गरी एकेडेमीक संस्थाको प्रमुख पदमा स्नातक पास गरेकालाई नियुक्त गर्न खोजिदैछ। स्नातक तहमा पढाउने योग्यता नभएका व्यक्तिमा एकेडेमिक संस्थालाई ड्राईभ गर्ने भिजन नै नहुने उनि दाबी गर्छन्।
प्रतिष्ठानमा अध्यापन गराईरहेका प्राध्यापकहरुले पनि मन्त्रालयले प्रकाशित गरेको विज्ञापनमा असन्तुष्टि जनाएका छन्। एक प्राध्यापकले भने,एकेडेमीक ज्ञान नभएका मानिसहरु सँग कसरी काम गर्ने सकिन्छरु यता पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय मन्त्रिपरिषद्ले पारित गरेको विकास समितिका प्रमुख नियुक्तिको मापदण्ड बमोजीम मन्त्रालयले विज्ञापन गरेको बताउँछन्।
उनले भने, बिगतमा कुनै मापदण्ड थिएन तर अहिले विकास समितिको कार्यकारी निर्देशकका लागि स्नातक पास हुनु पर्ने मापदण्ड राखिएको छ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपती तिर्थ खनियाँले भने, पाठ्यक्रमहरु विश्वविद्यालयले नै तयार गर्ने भए पनि एकेडेमीक संस्थाको प्रमुख एकेडेमीक मान्छे नै हुनु पदर्छ।
पर्यटन मन्त्रालयको उच्च श्रोत भन्छ, शैक्षिक संस्थाको हकमा अलग मापदण्ड हुनु पर्दथ्यो तर त्यस्तो हुन् सकेन। विज्ञापन जसरी गरिएको भए पनि अब नियुक्तिका क्रममा सरकारले स्नातकोत्तर गरेकालाई प्राथमिकता दिनु पर्ने श्रोतले बताए।