
भारतको मुम्बईमा एक मोडेल र प्रहरीबिच भएको विवादको घटना चर्चामा आएको छ । मुम्बईकी २७ वर्षीया ती मोडेलका तीनवटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
प्राप्त खबरका अनुसार प्रहरी ती मोडेललाई प्रहरी चौकी लैजान आएको थियो । तर जब विवाद बढ्दै गयो मोडेलले लगाएका कपडा खोल्न थालिन् ।
मोडेलले भनेकी छन् कि, ‘म माथि गलत आरोप लगाइएको छ । एक युवतीले यस्तो गर्नुभन्दा अगाडि हजारौँ पटक सोच्ने गर्छे । मसँग भएको यो घटनाको पीडा मैले मात्र महसुश गर्न सक्छु । म पनि एक केटी मान्छे हुँ मलाई यो सब गर्नमा लाज लागिरहेको छ । तर म यो घटनाबाट बाहिर निस्कन सकिरहेकी छैन ।’
उनले अगाडि भनिन्, ‘प्रहरी पनि अचेल युवतीहरुमाथि राम्रो व्यवहार गरिरहेको छैन । ठाउँठाउँमा सामूहिक बलात्कारका घटना भइरहेका छन् । मलाई कसैसँग विश्वास लागिरहेको छैन ।’
खबरका अनुसार केहीसमयअघि ती मोडेलसँग उनी बस्ने घरको गार्डसँग झगडा भएको थियो । गार्डले आफूमाथि मोडेलले कुटपिट गरेको शिकायत प्रहरीलाई गरेका थिए ।
झगडा हुनुको कारण मोडेलले गार्डलाई चुरोट मगाएकी थिइन तर गार्डले आफू ड्यूटीमा रहेका कारण चुरोट ल्याउन नसक्ने बताएपछि दुवैबिच कुटाकुट भयो ।
गार्डले प्रहरीमा उजुरी दर्ता गरेपछि प्रहरीको टोली मोडेललाई चौकीमा लैजान उनको घर पुग्यो । तर मोडेलले प्रहरी टोलिसँग भनिन्, ‘तपाईहरुसँग एकजना पनि महिला प्रहरी छैनन् म यो रातमा तपाईहरुसँग जान सक्दैन, के तपाई आफ्नी छोरीसँग पनि यस्तै व्यवहार गर्नुहुन्छ ? म भोली बिहानै चौकी आउँछु ।’
तर प्रहरीले उनलाई नलगी नजाने जिद्वी गर्यो र यस्तैमा ति मोडेलले आफूले लगाएका सबै लुगा फुकाल्न थालिन् ।
भारतीय कानून अनुसार महिला प्रहरी बिना कुनै पनि महिलालाई सोधपुछ गर्न पाईदैन । त्यहाँ महिलालाई सूर्यास्त र सूर्योदयको बिचमा चौकीमा बोलाउन पाईदैन । र गिरफ्तार गर्न पनि पाईदैन ।
प्रहरीले गार्डको आरोपमाथि उजुरी दर्ता गरेको छ तर मोडेलका तर्फबाट कुनै पनि उजुरी दर्ता गरेको छैन ।