आसिया बिबीको मृत्युदण्डको सजाय रद्द गरिएपछि पाकिस्तानमा प्रदर्शन

आसिया बिबीको मृत्युदण्डको सजाय रद्द गरिएपछि पाकिस्तानमा प्रदर्शन
+
-

सर्वोच्च अदालतले एक क्रिष्चियन महिलालाई ईश्वर निन्दा गरेको आरोपबाट मुक्त गर्दै मृत्युदण्डको फैसला रद्व गरेपछि पाकिस्तानका विभिन्न शहरहरुमा विरोध प्रदर्शन सुरु भएका छन् ।

ईश्वर निन्दाको आरोपमा तल्लो अदालत र उच्च न्यायालयले मृत्युदण्डको सजाय सुनाएकोमा सर्वोच्च अदालतले आरोपबाट मुक्त गर्दै तत्काल रिहा गर्न आदेश दिएको थियो ।

आसिया बिबीले उच्च न्यायालयको फैसला विरुद्ध सर्वोच्चमा दिएको उजुरीमा बुधबार फैसला आएको हो । पाकिस्तानी सर्वोच्च अदालतको तीन सदस्यीय बेन्चले अक्टोबर ८ मा फैसला सुरक्षित गरेको थियो । त्यहि फैसला बुधबार सुनाइएको हो ।

सर्वोच्चको उक्त फैसलाका विरुद्ध इस्लामाबादसहितका शहरहरुमा विरोध प्रदर्शन भएका हुन् । अदालतको फैसलापछि प्रदर्शनकारीहरुले फैजाबाद र इस्लामाबाद जोड्ने सडकखण्ड बन्द गराएका छन् ।

अलग/अलग मस्जिदहरुबाट सर्वोच्च अदालतको फैसलाविरुद्ध घरबाट निस्केर प्रदर्शनमा सहभागी हुन आग्रह गरिएको छ ।

बुधबार फैसला सुनाउँदै सर्वोच्च अदालतका मुख्य न्यायाधीश मिया साकिब निसारले उच्च न्यायालय र तल्लो अदालतको फैसला रद्द गरेको घोषणा गरेका थिए ।

उनले भने, ‘आसिया बिबीलाई दिइएको सजाय सम्बन्धी फैसला अस्वीकार गरियो । यदी अरु कुनै आरोपमा उनीमाथि मुद्दा चलेको छैन भने तत्काल रिहा गरियोस् ।’

आसिया बिबीमाथि एक मुस्लिम महिलासँग कुराकानीको क्रममा पैगम्बर मोहम्मदका बारेमा आपत्तिजनक कुरा गरेको आरोप थियो । यो आरोप आसिया बिबीले स्पष्ट रुपमा अस्वीकार गरेकी छन् ।

पाकिस्तानमा ईश्वर निन्दा एक गम्भीर अपराध मानिन्छ । यहि कानुनको गलत प्रयोग गरेर अल्पसंख्यकलाई फसाउने गरिएको आरोप लाग्ने गरेको छ ।

यो घटना सन् २००९ जुन १४ को हो, त्यो दिन आसिया बिबी गाउँका अरु महिलासँग काम गर्न गएकी थिइन् । त्यसक्रममा झगडा हुँदा उनले ईश्वरको निन्दा गरेको आरोप थियो ।

आसियाले यो घटनाका बारेमा पुस्तक लेखेकी छन् । यसमा उनले घटनाबारे बिस्तारमा बताएकी छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?