
विराटनगर – मुलुकभर बुधबार बालबालिकालाई भिटामिन ए को क्याप्सुल र जुकाको औषधि खुवाइएको छ।
सोही कार्यक्रम अन्तर्गत प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेका छन्।
बुधबार मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा मन्त्री घिमिरेले बालबालिका निरोधी बनाउने उद्देश्यसहित नेपाल सरकारले औषधि खुवाउने कार्यक्रम अघि बढाएको बताए।
दुई दिने कार्यक्रममा सरकारले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई औषधि खुवाइन्छ।
यसैगरी, विराटनगर महानगरपालिकाका प्रमखु भीम पराजुलीले १ सय ४८ खोप केन्द्रबाट पाँच वर्षमुनिका २२ हजार ७४ बालबालिकालाई औषधि खुवाउने लक्ष्य राखेको जानकारी दिए।
यसैबीच, मोरङ जिल्लामा ५७ हजार २ सय ३८ जना बालबालिकालाई खुवाउने लक्ष्य रहेको राखिएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ वर्षमुनिका २३ लाख ५६ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ए क्यापसुल खुवाउने लक्ष्य लिएको छ।