भारतीय जनता पार्टीका नेता र उनका भाईको गोली हानेर हत्या

भारतीय जनता पार्टीका नेता र उनका भाईको गोली हानेर हत्या
+
-

भारतको जम्मू कश्मीरको किश्तवाड कस्बेमा गएराति भारतीय जनता पार्टीका प्रदेश सचिव अनिल परिहार र उनका भाई अजित परिहारको अज्ञात समूहले गोली हानेर हत्या गरेको छ ।

दुवैजना दाजुभाई घर फर्किरहेका बेला यो घटना भएको स्थानीय प्रहरीले जनाएको छ । उनीहरुमाथि एकदमै नजिकबाट गोली प्रहार भएको बताइएको छ ।

जम्मूकश्मीर भारतीय जनता पार्टीका जनरल सेक्रेटरी अशोक कौलले यो घटनाको पुष्टि गरेका छन् । उनले अनिल भारतीय जनता पार्टीका प्रभावशाली नेता मध्येका एक रहेको उल्लेख गरे ।

उनी लगातार दोस्रोपटक पार्टीको प्रदेश सचिव बनेका थिए । कौलले अनिल हत्याको घटना अत्यन्त निन्दनीय रहेको बताए ।

यो घटनापछि प्रशासनले किश्तवाड कस्बेमा शान्ति व्यवस्था कामय राख्न कर्फ्यू लगाएको छ । त्यहाँको स्थिती तनावपूर्ण रहेको छ ।

पार्टीका राष्ट्रीय अध्यक्ष अमित शाह र केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले घटनाको निन्दा गरेका छन् ।

भारतीय प्रहरीले अहिलेसम्म हत्याराहरुको कुनै जानकारी प्राप्त भइनसकेको बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?