
अ
+
अ
अ
-
बलिउडका बादशाह भनेर चिनिने अभिनेता शाहरुख खानको आज जन्मदिन हो । राति १२ बज्नुभन्दा अघि नै उनको घरअगाडि फ्यानहरु भेला हुन सुरु भइसकेका थिए ।
मानिनसहरु आफ्नो मनपर्ने अभिनेतालाई जन्मदिनको बधाई दिनका लागि एक्साइटेड थिए । ठीक १२ बजे शाहरुख खान आफ्नो छतको बालकोनीमा आए र समर्थकहरुलाई अभिवादन गरे ।
आफ्नो फेवरेट कलाकारलाई देखेपछि समर्थकहरुको खुशी बढ्दै गयो । शाहरुखलाई देखेपछि मानिसहरु खुशीले चिल्लाउन थाले । समर्थकहरुको माया देखेर खुशी भएका शाहरुखले आफ्नो छतबाट उनीहरुलाई फ्लाइंग किस दिए ।
हरेकवर्ष शाहरुख खानको जन्मदिनमा यस्तो देख्न पाइन्छ । किंग खानको यो बर्थडे खास हुनेवाला छ किनभने जन्मदिनका अवसरमा उनको चलचित्र जीरो का ट्रेलर रिलीज हुनेछ ।