धार्मिक भावनामा ठेस पुगाएको आरोप

शाहरुख खानविरुद्ध उजुरी दर्ता

शाहरुख खानविरुद्ध उजुरी दर्ता
+
-

शाहरुख खानको चलचित्र जीरो रिलीजअघि नै विवादमा तानिएको छ । दिल्ली अकाली दलका विधायक मन्जिदर सिंह सिरसाले शाहरुख खानसहित चलचित्र यूनिटका विरुद्ध उजुरी दर्ता गरेका छन् ।

उनले चलचित्र ‘जीरो’ले सिख धर्मावलम्बीहरुको भावनामा ठेस पुगाएको आरोप लगाएका छन् ।

भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरे अनुसार ‘जीरो’ चलचित्रका विरुद्ध विधायकले आफैले उजुरी दर्ता गराएको जानकारी दिएका हुन् ।


जीरोको एक पोस्टरमा किंग खानले कृपाण समातेका छन् । यो पोस्टरप्रति दिल्ली सिख गुरुद्वारा प्रबन्धक समिति र सिख संगठनको आपत्ति छ ।

‘पोस्टरमा शाहरुख गञ्जीमा छन् । उनले घाटीमा रुपैयाँको माला लगाएका छन् र उनको हातमा कृपाण छ । कृपाणलाई अपमान गरेर यसरी समात्नु र प्रयोग गरेका कारण सिख समाज रिसाएको छ, विधायकले भनेका छन् ।

आनन्द एल रायको निर्देशनमा तयार भएको चलचित्र जीरोको ट्रेलर केहीदिनअघि रिलीज भएको थियो ।

 

View this post on Instagram

 

@zero21dec @iamsrk @katrinakaif @anushkasharma #zeroposter

A post shared by Rana Usama (@ranausama182) on

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?