
विराटनगर – महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १० औं जन्मजयन्तीको अवसरमा नेपाली लेखक संघले साहित्य गोष्ठीको आयोजना गरेको छ।
विराटनगरमा आयोजित गोष्ठीमा साहित्यकार गंगा सुवेदी, भूषण ढुंगेल, मधु पोखरेल, दिङ्लाली कान्छो, मीनकुमार नवोदित, मन्जुश्री गिरी, निर्मला कोइराला, सर्वश्री भट्टराई, गायत्रीकुमार चापागाईं, शुभलक्ष्मी लम्साल, सोमराज अभय, रामबाबु दाहाल, लोचन रिजाल, गंगाधर कट्टेललगायत दुई दर्जनभन्दा बढी कविहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी, लेखक संघका केन्द्रीय उपाध्यक्ष विवश पोखरेललगायतले नेपाली साहित्यमा महाकवि देवकोटाले पुर्याएको योगदानको चर्चा गरेका थिए।
परोपकार अभियान समूहको सभाहलमा आयोजित कार्यक्रममा देवकोटाको तस्बिरमा माल्यार्पण गरिएको थियो।