११० औँ लक्ष्मीजयन्ती

संरक्षणको खोजीमा महाकविको घर

+
-

काठमाडौँ – काठमाडौँ डिल्लीबजार ओरालोको भित्री गल्लीमा नेपाली इतिहासमा महत्वपूर्ण भूमिका खेलेको एउटा पुरानो घर छ । अहिले पनि त्यो घरले आफूले जन्मने र हुर्किने ठाउँ दिएका व्यक्तिको सम्झनालाई जीवित राखिरहेको छ ।

वरपर नयाँ डिजाइनका घरहरु बने तर त्यो घर अहिले पनि आफ्नो पुरानो स्वरुपमा चम्किलो बनेर बसेको छ । पहेँलो रंगको यो घरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो जीवन बिताएका हुन् । उनी यहि घरमा जन्मिए र त्यहिँ आफ्नो बाल्यकाल हुँदै जीवन बताए । यहि घरमा बसेर उनले अजर अमर कृतिहरु लेखे ।

घर भित्र छिर्ने बित्तिकै भर्‍याङ छ अनि एक कुनामा ढिकी छ । ती भर्‍याङमा देवकोटा हिँडेका थिए । यो घरका प्रायः सबै चिज सय वर्ष भन्दा बढी उमेरका भइसकेका छन् । घरको सबै भन्दा माथिलो तला जहाँ देवकोटा परिवारको भान्छा थियो । त्यसमुनि रहेको अरु कोठा भन्दा अलि ठूलो कोठा देवकोटाको । जहाँ उनले आफ्ना कृति लेख्ने गर्थे । उनले प्रायः आफ्नो कोठाको झ्यालमा बसेर कृतिहरु लेख्ने गरेको उनका भाइकी बुहारी सन्तोष देवकोटाले बताइन् । उनले भनिन्, ‘मुवाँले भन्नु हुन्थ्यो, उहाँले लेख्दा केहि पनि पत्तो पाउनु हुँदैन थियो रे, यो झ्यालमा बसेर कृतिहरु  लेख्नु हुन्थ्यो । एक दिन उहाँको छोरी भर्‍याङ नजिक रोइरहेको हुनुहुन्थ्यो रे उहाँ झ्यालमा बसेर कृति लेख्दै । तर उहाँले छोरी खसेको पनि थाहा पाउनु भएन रे ।’

नेपाली साहित्यका महान व्यक्तिलाई आश्रय दिएको यो घर अहिले आफै आश्रयको खोजीमा छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?