
काठमाडौं- बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पत्रकार गंगाधर पराजुलीलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा नियुक्त गरेको छ।
पत्रकार पराजुली लामो समयदेखि कास्की पोखराबाट पत्रकारिता गर्दै आएका छन्। उनले स्थानीय र राष्ट्रिय सञ्चारगृहका लागि काम गर्दै आएका छन्। उनी नेपाली कांग्रेस निकट रहेको नेपाल प्रेस युनियनसँग आबद्ध छन्।
यसअघि उक्त समितिको नेतृत्व पोषण केसीले गरेका थिए। केसी नेतृत्वको समितिले पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय रुपैयाँ तोकेको थियो।