किन गर्दैनन् पुरुषले स्थायी बन्ध्याकरण?

किन गर्दैनन् पुरुषले स्थायी बन्ध्याकरण?
+
-

नेपालगञ्‍ज- जिल्ला जनस्वास्थ्य कार्यालय र परिवार नियोजन संघले जिल्लाका १३ ठाउँमा स्थायी बन्ध्याकरणका शिविर चलाए। पुस २ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको शिविरमा एक सय ८४ जनाले अप्रेसन गरे। त्यसमा पुरुषको उपस्थिति भने न्यून छ।

साविकका तीन वटा गाविसको शिविरमा त एकजना पनि पुरुषले अप्रेसन गरेनन्। कचनापुर, हिरमिनिया र बेतहनीमा महिलाले मात्रै अप्रेसन गरे। परिवार नियोजन संघका अनुसार, कचनापुरमा ९, हिरमिनियामा १२ र बेतहनीमा ४ जनाले अप्रेसन गरेका थिए।

शिविरमा एक सय ८४ जनाले अप्रेसन गर्दा ३६ जना पुरुष परेका छन्। बैजापुरमा २४, गंगापुरमा ८, रझेनामा ६, बागेश्वरीमा १७ जनाले अप्रेसन गर्दा एक/एक जनामात्रै पुरुष परेका छन्। फत्तेपुरमा १९ मध्ये चार, कम्दीमा १० मध्ये तीन, नौवस्तामा २० मध्ये ५, कोहलपुरमा २५ मध्ये ७, टिटिहिरियामा १४ मध्ये तीन, परिवार नियोजन संघको कार्यालयमा नौ जनामध्ये चार जना पुरुषले अप्रेसन गरेका छन्। विनौनामा सात जनाको अप्रेसन भएको छ।

नेशनल हेल्थ ट्रेनिङ सेन्टर, टेकुबाट आएका डा. सुरेश शाक्यले गाउँगाउँमा पुगेर अप्रेसन गराएका थिए। निशुल्क अप्रेसन शिविरमा आएका व्यक्तिलाई फलफूल खान भनेर सरकारले २ सय ५० रुपैया दिएको छ। परिवार नियोजन संघको कार्यालय, नेपालगञ्जमा दुई दिन थप गरेर अप्रेसन शिविर राखिएको छ।

शुक्रबार नेपालगञ्जका सोहन गुप्ता त्यहाँ भेटिए। १५ वर्षमा विवाह गरेका गुप्ताका पाँच छोरी छन्। छोराको आशैआशमा छोरीछोरी भएपछि आजित भएर गुप्ता अप्रेसन गर्न आएका रहेछन्। ‘२८ वर्षमा पाँच छोरी ?’ प्रश्न गर्दा गुप्ताले भने, १५ वर्षमा प्रेम विवाह गरे। छोराको आशा गर्दागर्दै पाँच छोरी भए। अब त अति भयो भनेर अप्रेसन गर्न आएँ।’ श्रीमती काममा जानु पर्ने भएकाले आफू अप्रेसन गर्न आएको गुप्ताले बताए।

कोहलपुरका ३५ वर्षका लालचन्द्र दाहाल पनि श्रीमतीसँगै आएर अप्रेसन गरे। दुई छोराछोरीका बाबु दाहालको श्रीमतीका अन्य अप्रेसनहरु भएकाले स्थायी बन्ध्याकरण आफूले गरेका थिए।

यौन शक्ति कम हुने अन्धविश्वास

यौन शक्ति कम हुने अन्धविश्वासले गर्दा पुरुषले स्थायी बन्ध्याकरण नगरेको पाइएको छ। पुरुषले कमाउनु पर्ने, गह्रु‌ंगो काम गर्नुपर्नेलगायतका कारणहरु पनि छन् । कतिपय त अप्रेसन गरेको पुरुष विदेश जान पाउँदैनन् भनेर अप्रेसन नगरेको पाइएको छ।

अप्रेसन शिविरमा गाउँगाउँमा पुगेका परिवार नियोजन संघका कर्मचारी दिवस जबराले पुरुषले कमाउनु पर्ने, दुःख गर्नुपर्नेमात्रै होइन, सेक्सुअल पावर घट्नेदेखि अप्रेसन गरेका व्यक्ति विदेश जान नपाइनेसम्म भनेर पुरुष तर्किने गरेको बताए । ‘हामीले कतिपय ठाउँमा यस्ता अन्धविश्वासका कुराहरु चिरेपछि पुरुषले बन्ध्याकरण गरेका छन्, जबराले भने।

स्थायी बन्ध्याकरण शिविरमा ३३ जिल्ला घुमिसकेका डा. शाक्यले महिलालाई भन्दा पुरुषलाई अप्रेसन गर्न सहज हुने बताए। ‘७ देखि १० मिनेटमा पाँच एमएमजति चिरेर पुरुषको अप्रेसन गरिन्छ। जबकी महिलालाई १५ देखि ३० मिनेट लागेर ३ देखि ५ सेन्टिमिटरसम्म चिरेर अप्रेसन गरिन्छ,’ डा. शाक्यले भने, ‘पुरुषलाई छिटोछरितो र सहज भएपनि विभिन्न अन्धविश्वासले गर्दा महिलालाई अगाडि सार्ने गरिन्छ।’ अप्रेसन गरिसकेपछि महिलालाई कम्तीमा दुई घण्टा ‘पोष्ट अफ’ (आराम गर्न) लगाइन्छ भने पुरुष केही मिनेटमै उठेर घर जान सक्ने हुन्छन्।

यसपालिको शिविरमा मात्रै पुरुष कम आएको भने होइनन्। जिल्ला जनस्वास्थ्य कार्यालयले परिवार नियोजन संघसँग मिलेर वर्षेनी यस्ता शिविर राख्ने गर्दछ । जनस्वास्थ्य कार्यालयका बसन्त गैरेले वर्षेनी पुरुषको उपस्थिति नगन्य मात्रामा हुने बताए। गतवर्ष डा.राजन न्यौपानेले शिविर चलाएका थिए। त्यतिबेला नौ ठाउँको शिविरमा एक सय ५५ जनाले अप्रेसन गर्दा जम्मा ११ जना मात्रै पुरुष थिए। डा. शाक्यले पहाडी जिल्लामा भने अप्रेसन गर्नेमा पुरुषको संख्या बढी हुने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?