अफगानिस्तानमा सन् २०१७ मा बीस सञ्‍चारकर्मी मारिए

अफगानिस्तानमा सन् २०१७ मा बीस सञ्‍चारकर्मी मारिए
+
-

काबुल– अफगानिस्तानमा सन् २०१७ मा कम्तीमा पनि २० जना सञ्चारकर्मी मारिएका समाचारमा जनाइएको छ ।

‘अफगान जर्नालिस्ट सेफ्टी कमिटी (एजेएससी) र इन्डिपेन्डेन्ट् मिडिया सेफ्टी गु्रप प्रोटेक्टिङ्ग द रिपोर्टरस् राइट्स्’ ले शुक्रबार सो विषयमा जानकारी दिएका छन् ।

गत बर्ष अर्थात सन् २०१७ मा अफगानिस्तानमा पत्रकारहरुमाथि माथि भीषण आक्रमण भएको पनि सो समाचारमा जनाइएको छ ।

पत्रकार हत्यामा विशेषगरी अफगानिस्तानमा हिंसा जारी राखेका तालिबानहरुकै बढी हात रहेको पनि समाचारमा जनाइएको छ ।

सन् २०१७ मा २०१६ को तुलनामा सञ्चारकर्मीमाथिको आक्रमण ६७ प्रतिशतले बढेको एजेएससीले आफ्नो वेबसाइटमा राखेको विज्ञप्तिमा जनाकारी दिइएको छ ।

एजेएससीका अनुसार सन् २०१७ मा अफगानिस्तानका पत्रकारहरुमाथि हत्या, हिंसा कुटपिट, ज्यान मार्नेे धम्की र चेतावनी जस्ता १६९ वटा घटना पनि दर्ता भएका थिए ।

एजेएससीद्वारा जारी विज्ञप्तिकाअनुसार सन् २०१७ मा तालिबान र इस्लामिस्ट स्टेट्स (आइएस) आतङ्ककारी समूहले गरेको आक्रमणमा परी २० सञ्चारकर्मीको मृत्यु भएको छ ।

अफगानिस्तानमा यस प्रकार भएका पत्रकारमाथिका हत्या हिंसाका घटनाप्रति अमेरिकाले ठूलो चिन्ता व्यक्त गरेको छ ।

अफगानिस्तानको पत्रकारिताको इतिहासमा सन् २०१७ इतिहासकै सबैभन्दा खतरनाक वर्षका रुपमा रहेको पनि पाइएको समाचारमा जनाइएको छ।

एजेएससीका प्रमुख नाजिब सरिफले भन्नुभएको छ– अफगानिस्तानमा पत्रकारहरुमाथि बढ्दै गएको यो हत्या हिंसाका कारण यहाँको प्रेस स्वतन्त्रता एवम् पत्रकारहरुको सुरक्षामाथि नै ठूलो प्रश्न उठेको बताए।

युद्धले आक्रान्त बनाएको अफगानिस्तानमा सन् १०१६ मा भएका विभिन्न आक्रमणहरुमा १३ जना सञ्चारकर्मी मारिएका थिए । त्यसको तुलनामा गत वर्ष पत्रकारहरुमाथि ठूलो हिंसा भएको हो।

यस वर्ष अफगानिस्तानमा प्रेस स्वतन्त्रताको हनन्का पनि कैयौँ घटनाहरु भएको पाइएकोले आगामी दिनमा पत्रकारिता पेशा र पेशाकर्मीहरुको सुरक्षाका लागि धेरै काम गर्नुपर्ने देखिएको अधिकारकर्मीहरुको भनाई छ। रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?