
जोन अब्राहमको चलचित्र सत्यमेव जयतेको गीत ‘दिलबर’ अहिले चर्चामा रहेको छ । यो गीतमा नोरा फतेहीको शानदार नृत्य छ । यो नोराको करियरको सबैभन्दा हिट गीत हो ।
गीतमा नोराको सुन्दर नृत्यका कारण उनी चर्चामा आएकी थिइन् । तर अहिले सामाजिक सञ्जालमा एक युवकले दिलबर गीतमा नृत्य गरेको भिडियो भाइरल भइरहेको छ । यो भन्दा गलत हुनेछैन कि तपाई त्यो युवकको नृत्य हेरेर एकपटक नोराको नृत्य भुल्नुहुनेछ ।
यो भिडियो सामाजिक सञ्जालमा निकै चर्चामा छ । GM नामका सामाजिक सञ्जाल प्रयोगकर्ताले यो भिडियो ट्विटरमा शेयर गरेर लेखेका छन्, ‘यो भिडियो हेरेपछि अब म दिलबर को ओरिजिनल भिडियो हेर्नेछैन ।’
I am never watching Dilbar’s original video again. pic.twitter.com/WWVm63YHq2
— GM (@GM491) October 27, 2018
भिडियोमो सेतो शर्ट लगाएका युवक कुनै पार्टीमा ‘दिलबर’ गीतमा नृत्य गरिरहेका छन् । उनको नृत्य देखेर त्यहाँ रहेका दर्शकहरु ताली बजाएर हूटिंग गरिरहेका छन् । नृत्यको स्टेप हेर्ने हो भने युवकले नोरालाई टक्कर दिएका छन् ।