सरकारले सार्वजनिक गर्‍यो सुर्तीजन्य पदार्थ नियन्त्रण रणनिति

सरकारले सार्वजनिक गर्‍यो सुर्तीजन्य पदार्थ नियन्त्रण रणनिति
+
-

काठमाडौं- नेपाल सरकारले विश्व स्वास्थ्य संगठनको सुर्तीजन्य पदार्थ नियन्त्रण रणनीति-२०३० सार्वजनिक गरेको छ।

स्वास्थ्यमन्त्री दीपक बोहोराले शुक्रबार आयोजित एक कार्यक्रममा उक्त रणनीति सार्वजनिक गरेका हुन्।

उक्त रणनीतिमा सन् २००३ मा हस्ताक्षार गर्दै सन् नेपालले सन् २००७ अनुमोदन गरेको थियो।

डब्लुएचओको प्रतिवेदन अनुसार नेपालमा २ जनामध्ये १ जना पुरुषले सूर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन्। त्यसैगरी प्रतिवेदनमा ३ जनामध्ये १ जना पुरुषले धूम्रपान सेवन गर्ने गरेको तथा ५ जनामध्ये २ जना घर वा कार्यस्थलमा अरुले गर्ने धूम्रपानबाट पीडित रहेको उल्लेख गरिएको छ।

सर्भेका अनुसार १५ वर्षभन्दा माथिका १८.५ प्रतिशत युवायुवतीले  धूम्रपान सेवन गर्ने गरेका छन्। त्यसैगरी  १५ वर्षभन्दा माथिका ३०.८ प्रतिशत मानिसहरुले सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ।

ग्लोबल स्कुल हेल्थ सर्भेका अनुसार नेपालमा सूर्तिजन्य पदार्थको सेवनले करिब ११ प्रतिशत मानिसको ज्यान गरेको छ।

सूर्तिजन्य पदार्थको सेवनले उच्च रक्तचाप, मधूमेह, श्वासप्रवास, र नयाँ किसिमको क्यान्सरको समस्या आउने ग्लोबल स्कुल हेल्थ सर्भेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

स्वास्थ्यमन्त्री बोहोराले सरकारले सार्वजनिक गरेको रणनिति अनुरुप सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि काम गर्ने बताए।

स्वास्थ्य सचिव डा.पुष्पा चौधरी मन्त्रालयले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नीतिगत सुधार गर्ने प्रयास गर्दै आएको बताइन्। उनले सरकारले सार्वजनिक गरेको रणनीति कार्यान्वयन गर्न तथ्यमा आधारित कार्यकम्र संचालन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?