इँटा बनाउन के सामग्री चाहिन्छ? सामान्यत: इँट्टा बनाउन माटोपानीको मिश्रण र उच्च तापमापनमा पकाउन भट्टी चाहिन्छ। तर दक्षिण अफ्रिकाको केप टाउन विश्वविद्यालयका केही विद्यार्थीहरुले मानिसको पिसाबको प्रयोगबाट इट्टा बनाउन सफल भएका छन्।
उनीहरुले पर्यावरणीय परिवेशलाई मध्यनजर गर्दै मानिसको पिसाबबाट इँट्टाको निर्माण गरेका छन्। विश्वविद्यालयमा ती छात्राहरुको निरीक्षक डायलन रेण्डलले भनेका छन्, ‘मानिसको पिसाबाट इँट्टा बनाउने प्रक्रिया ठीक यस्तै छ जस्तो समुन्द्रमा मुंगा बन्छ।’
उनले भट्टी बनाएर इँट्टा बनाएमा माटोको नोक्सान र वातावरण प्रदूषण हुने तर पिसाबबाट मानिलाई कुनै प्रकारको हानी नहुने दाबी गरेका छन्।
मानिसको पिसाब कसरी इँट्टामा परिवर्तन हुन्छ ?
इँट्टा बनाउने प्रकियामा सबैभन्दा पहिले केप टाउन विश्वविद्यालय(यूसीटी)को इन्जिनियरिङ अध्ययन गर्दै गरेका विद्यार्थीहरुले पुरुष शौचालयसँग पिसाब संकलन गरे। त्यसपछि केही ठोस खाद बनाएपछि बाँकी रहेको तरल पदार्थलाई जैविक प्रक्रियाद्वारा प्रयोगमा ल्याए जसलाई विश्वविद्यालयले ‘बायो-ब्रिक्स’को नाम दिइयो।
मानिसले औसतमा एक व्यक्ति बराबर एक पटकमा २०० देखि ३०० मिलिलिटर पिसाब गर्ने गर्दछन्। तर एक बायो-ब्रिक्स बनाउनका लागि मात्र २५-३० लिटर पिसाबको आवश्यकता हुन्छ। यो मात्रा भने केही घटबढ हुन सक्छ। तर एक किलो खाद बनाउन पनि लगभग त्यति नै पिसाबको खाँचो पर्दछ। यसबारे उनीहरुले एउटा इँट्टा बनाउन मानिसले कम्तिमा पनि सय पटक पिसाब फेर्न जानु पर्ने हुन्छ।
चुन-ढुंगा जस्तो ठोस र बलियो
पिसाबबाट इँट्टा बनाउने यो प्रक्रियालाई उनीहरुले माइक्रोबायल कार्बोनेट प्रिसिप्टेसन भनिन्छ। यो प्रक्रियामा संलग्न ब्याक्टेरियाले एउटा इन्जाइन उत्पन्न गराउँछ जसले पिसाबमा रहेको युरियालाई अलग गर्दछ। त्यसपछि उक्त पिसाब क्याल्सियम कार्बोनेट बन्दछ। यही मिश्रणलाई ठोस रुप दिँदा त्यो इँट्टाको रुपमा देखिन्छ। यसपछि बायो ब्रिक्सलाई आवश्यकता अनुसार स्वरुपमा ढाल्ने गरिन्छ।
यसबारेमा डाक्टर रेण्डलले भन्छन्, ‘जब पछिल्लो समय हामीले यो प्रक्रियालाई सुरु गर्यौँ, त्यतिबेला हामीले बनाएको इँट्टा आम चुनापत्थरबाट बनेको इट्टाभन्दा करीब ४० प्रतिशत कमजोर थियो। तर केही महिनापछि हामीले त्यो क्षमतालाई दुगुणा बनायौँ र कोठामा जिरो डिग्री तापक्रममा ब्याक्टेरियालाई राख्यौँ। किनकि सीमेन्टको कण लामो समयसम्म कायम रहोस् भनेर।’
केप टाउन विश्वविद्यालयका अनुसार सामान्य इँट्टा बनाउन कम्तिमा पनि १४०० डिग्री सेल्सियस तापक्रम चाहिन्छ। तर डाक्टर रेण्डल भन्छन्, ‘यो प्रक्रिया निक्कै कडा हुन्छ अनि ग्यास पनि कडा हुन्छ। किनकी त्यसमा दुर्गन्ध फैलिरहन्छ जसमा एमोनिया निस्किरहेको हुन्छ। ‘
यस्तै उनी भन्छन्, ‘तर मानिसले पिसाब गरेको ४८ घण्टापछि भने एमोनिया ग्यास पूरै समाप्त भइसकेको हुन्छ। यसले स्वास्थ्यमा कुने पनि असर गर्न सक्दैन। प्रक्रियाको पहिलो चरणमा उच्च पीएचको माध्यमबाट समाप्त पारिन्छ।’
युसीटीका अनुसार युरियाको माध्यमबाट इँट्टा बनाउने काम केही वर्ष पहिले अमेरिकामा सुरु भए पनि त्यो बेलामा सिन्थेटिक युरियाको प्रयोग गरिएको थियो।
तर डाक्टर रेण्डल तथा उनको विद्यार्थीहरु सुजैन ल्याम्बर्ट तथा वुखेता मखरीले पहिलो पटक मानिसको अर्ग्यानिक पिसाबलाई इट्टा बनाउन प्रयोग गरेका थिए।
उनीहले त्यसपछि मानिसको पिसाब इट्टा बनाउन कोसेढुंगा साबित हुने बताएका छन्।