
काठमाडौँ- छठपर्वको मुख्य दिन मंगलबार अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिएर मनाइएको छ। राजधानीका मुख्य घाटहरुसहित देशभरिका नदीनाला र पोखरीका किनारहरुमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको हो।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व आइतबारदेखि सुरु भएको हो । सत्य र अहिंसाप्रति मानवको रूची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ।
राजधानीको थापाथलीस्थित बागमती नदी किनारमा देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले छठपर्व मनाउँदै गरेको तस्बिरहरु खिचेका छन्। केही तस्बिरहरु: