एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति अमेरिकी कुटनीतिज्ञ समूह भित्रै पहिलो असन्तुष्टि देखा परेको छ। पानामास्थित अमेरिकी कुटनीतिज्ञ र पहिले नौसेनाका हेलिकोप्टर पाइलट जोन फ्रिलेले ‘राष्ट्रपति ट्रम्प अन्तर्गत काम गर्न असर्मथ ‘ भन्दै राजीनामा गरेका हुन्।
विदेश सेवामा कनिष्ट अधिकृतको रुपमा मैले वफादारीसाथ राष्ट्रपति र उनको प्रशासनमा अराजनैतिक शैलीमा काम गर्ने शपथ लिएको थिए।मलाई मेरा प्रशिक्षकले त्यसो गर्न नसकेकोमा इज्जतसाथ राजीनामा गर्नु मेरो दायित्व भएको बताएका थिए। त्यो समय अहिले आएको छ।’
अमेरिकी सञ्चारमाध्यममा फ्रिलेको राजीनामाको अधिकृत एक अंश मानिएको छ। सञ्चार माध्यमले विदेश विभागले फ्रिलेको राजीनामा पुष्टी गरेको जनाएको छ।