जब सोल्टी होटलको आँगनैमा पूर्वराजा ज्ञानेन्द्र शाह भेटिए

जब सोल्टी होटलको आँगनैमा पूर्वराजा ज्ञानेन्द्र शाह भेटिए
+
-

नेपालगञ्‍ज- नेपालगञ्‍जको चिसोमा पूर्वराजा ज्ञानेन्द्र शाह के गरेर दिन बिताउँदा रहेछन् भन्‍ने खुल्दुली लागिरहेको थियो। शनिबार बिहान पूर्वराजा शाह बसेको सोल्टी होटलमा पुगेँ।

होटलमा त विभिन्न जिल्लाबाट आएका मान्छेहरुको भीड थियो। दुई लाइनमा हातमा फूल–माला, खादा लिएर मान्छेहरु उभिएका थिए। संयोगले आज पूर्वराजाले होटल प्रांगणमा सामूहिक दर्शनभेट दिने कार्यक्रम रहेछ।

साढे ११ बजे पूर्वराजा ज्ञानेन्द्र होटलभित्रबाट निस्किए। दाहिने लाइनबाट गुनासो, सुझाव सुन्न राजा अघि बढे। डोल्पाका चन्द्र शाहीले भने, ‘महाराज देशको बागडोर सम्हाल्न हजुर अघि आउनु पर्‍यो, त्यसका लागि हामी मर्न तयार छौं।’ पूर्वराजा मुस्कुराए।

सोल्टी

बाँकेका रामपति तिवारीको पालो आयो। उनले राजालाई हात जोड्दै भने, ‘सरकार नहुँदा हामी पानी बिनाको माछाजस्तै भएका छौं। अधिवक्ता रुद्रमणि न्यौपाने र किशोर लामाले राजसंस्थाप्रति आस्था राख्ने दल र नेताहरुलाई एकजुट गर्ने अगुवाइ सरकारले गर्नुपर्‍यो भने। दधिराम लामिछानेले ‘देश टुक्रिन थालिसक्यो, सरकार अगाडि आउनुपर्‍यो’ भने।

लाइनमा बसेका मान्छेले पूर्वराजाको जयजयकार गर्दै देश बचाउन अगाडि आउन उक्साए। पूर्वराजा भने सदाजसरी मुस्कुराउँदै टाउको हल्लाउँदै अगाडि बढिरहे। कुनै प्रतिक्रिया दिएनन्। पूर्वराजा पुस १३ गतेदेखि सोल्टी होटलमा बसिरहेका छन्।

यो बीचमा चार दिन (आइतबारदेखि बिहीबार) भारतको लखनऊ गएका थिए। उही दिन फर्किने गरी एक/एक दिन बर्दिया, धनगढी र दाङ गए। यत्तिका दिन नेपालगञ्जमा बस्दा पूर्वराजाले समर्थकहरुको जयजयकार सुनिरहेका पाइयो।

होटलमा पुगेर अरु बेला पनि यस्तै दर्शनभेट हुन्छ भनेर एकजना अगुवालाई सोधेँ। नाम बाहिर नल्याइदिने आग्रह गर्दै उनले थोरै–थोरै समूहमा यस्ता गुनासा/सुझाव सुन्ने काम भइरहेको जवाफ दिए। नेपालगञ्ज आएको शुरुवाती चरणमा पूर्वराजाले नेपालगञ्जका उद्योगी व्यापारीलाई भेटेका थिए।

कतै बाहिर निस्किने कार्यक्रम हुँदा केही समयअघि मात्रै सुरक्षा निकायलाई जानकारी दिने गरेका पूर्वराजाले होटलमा बसेर आफ्ना समर्थकहरुको भने मज्जाले गुनगान सुन्ने गरेका छन्। शनिबार सामूहिक दर्शनभेटका लागि बाँके, बर्दिया, दाङ, डोल्पा, कैलाली, कञ्चनपुरबाट समेत मानिसहरु आएका थिए। स्रोतका अनुसार, पूर्वराजपरिवार माघको पहिलो सातासम्म नेपालगञ्ज बस्ने कार्यक्रम छ। यो बीचमा अरु केही जिल्लामा जाने तयारी भइरहेको छ।

सोल्टी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?