जनकपुर अञ्चल अस्पताल परिसरमा प्रसुतिगृह शिलान्यास

जनकपुरलाई स्वास्थ्यसेवाको केन्द्र बनाउने उपप्रधानमन्त्री यादवको उद्घोष

जनकपुरलाई स्वास्थ्यसेवाको केन्द्र बनाउने उपप्रधानमन्त्री यादवको उद्घोष
+
-

जनकपुरधाम – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनकपुरधामलाई स्वास्थ्य सेवाको केन्द्र बनाउने बताएका छन्।

अमेरिकी सरकारको सहयोगमा जनकपुर अञ्चल अस्पताल परिसरमा निर्माण हुन लागेको प्रसुतिगृहको शिलान्यास गर्दै उपप्रधानमन्त्री यादवले जनकपुरलाई स्वास्थ्य सेवाको केन्द्र बनाउने उल्लेख गरेका छन्।

जनकपुर अञ्चल अस्पताललाई स्तरोन्नति गर्नुका साथै विभिन्न विशेषज्ञ सेवा सञ्चालनको प्रयास भइरहेको बताउँदै मन्त्री यादवले प्रादेशिकस्तरको आयुर्वेद अस्पताल जनकपुरमै निर्माण गर्न लागिएको जानकारी गराएका छन्।

८ करोडको लगानीमा प्रसुतिगृह


जनकपुरमा ८ करोडको लगानीमा निर्माण हुन लागेको एक सय शैय्याको प्रसुतिगृहमा उच्चस्तरको सेवा प्रदान गरिने अस्पतालका मेसु रामपरिक्षण यादवले बताएका छन्।

भवनसहित अन्य उपकरण र सुविधाको लागि अमेरिका सरकारले एक अर्ब रुपैयाँ अनुदान उपलब्ध गराएको जनाइएको छ।

शिलान्यास कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास मन्त्री नवलकिशोर साह, कृषि राज्यमन्त्री योगेन्द्र राय यादव लगायतको उपस्थिति रहेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?