नर्भिक अस्पताललाई ‘द बिज अवार्ड’ प्राप्त

नर्भिक अस्पताललाई ‘द बिज अवार्ड’ प्राप्त
+
-

काठमाडौँ, नेपालको चिकित्सा क्षेत्रमा गुणस्तरीय अन्तर्राष्ट्रिय सेवा प्रवाह गरेबापत नर्भिक इन्टरनेशनल हस्पिटललाई अमेरिकाको प्रतिष्ठित ‘द बिज अवार्ड ’प्राप्त भएको छ ।

‘द वल्र्ड कन्फडेरेशन अफ बिजिनेश’ (वल्र्डकव) नामक संस्थाले प्रदान गरेको उक्त पुरस्कार शुक्रबार काठमाडौँमा आयोजना भएको एक कार्यक्रममा हस्तान्तरण गरियो ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव तथा उक्त संस्थाका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक निकोलस काफेरोले नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीलाई अवार्ड प्रदान गरेका हुन्।

उपप्रधानमन्त्री यादवले २५ वर्षदेखि स्तरीय स्वास्थ्य सेवा प्रवाहमा क्रियाशील नर्भिक अस्पतालले नवीनतम् प्रविधि, सेवाको गुणस्तर, स्तरीय व्यवस्थापन एवम् नेपालीलगायत अन्तर्राष्ट्रिय क्षेत्रका बिरामीहरूलाई पु¥याउँदै आएको विश्वस्तरीय स्वास्थ्य सेवाका लागि पुरस्कार प्राप्त गरेर देशको प्रतिष्ठा बढाएको बताए।

जनसाधारणलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताउँदै उनले मधुमेहलगायत नसर्ने रोगको उपचारमा पनि नर्भिक अस्पतालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उपप्रधानमन्त्री यादवले स्वास्थ्य उपचारमा अर्बौ रुपैयाँ विदेशिने गरेका बेला नर्भिकले अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराएर केही हदसम्म भए पनि राष्ट्रको रकम बाहिरिनबाट जोगाएको बताए।

आँखा उपचारको क्षेत्रमा पनि नेपालले उपलब्धि हासिल गरेको चर्चा गर्दै नेपालका चिकित्सक एवं नर्भिकजस्ता निजी क्षेत्रका अस्पतालले अब्बल सेवा प्रवाह गर्दै आएका बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?