भन्छन्- 'स्वदेशमै श्रम गरौँ'

सेनाका यी पूर्वहवल्दार दैनिक १८ घन्टा कुखुरासँग बिताउँछन्

सेनाका यी पूर्वहवल्दार दैनिक १८ घन्टा कुखुरासँग बिताउँछन्
+
-

सुर्खेत– प्रायः रोजगारीबाट अवकाश प्राप्त गरेपछि मानिसहरू आरामदायी जीवन बाँच्न खोज्छन्। जागिरमा रहँदाको व्यस्तता भुल्न परिवारसँगै मन परेको ठाउँ घुम्ने, राम्रो लगाउने र फुर्सदिलो जीवन बिताउँछन्।

तर, पञ्चपुरी नगरपालिका वडा नम्बर–५ का ३६ वर्षीय पूर्ण भाट जागिरे जीवन भन्दा झनै व्यस्त बनेका छन्। नेपाली सेनाका पूर्व हवल्दार हुन्, उनी। बिहान उठेदेखि साँझ झिसमिसेसम्म घरमा खाली हात बस्दैनन्।

बिहान उठेदेखि करिव १८ घण्टा कुखुरासँग बिताउँछन्। उनी प्रत्येक साता भाँडा र खोर सफा गर्छन्। भाँडामा पानी सकिएपछि ट्याङ्कीबाट आफैँ पानी भाँडामा आउने प्रविधि जडान गरेका छन्। चिसो मौसममा कुखुराका लागि खोरमा हिटरसमेत जडान गरेका छन्। १६ वर्ष नेपाली सेनामा बिताएका उनले कमाई कुखुरापालनमा लगाएका छन्।

२०५८ देखि २०७४ सम्म नेपाली सेनामा कार्यरत थिए। सेवा निवृत्त भएपछि उनको दैनिकी कुखुराको रेखदेखमै बित्ने गर्छ। गत जेठबाट कुखुरापालन सुरु गरेका उनले सुविधायुक्त खोर निर्माण गरेका छन्।

आठ लाख रूपैयाँ लगानीबाट व्यवसाय सुरु गरेका उनले करिब १५ लाख लगानी गरिसकेका छन्। कुखुरापालनबाट हालसम्म खर्चका अनुपातमा उनले २ लाख ५० हजार खुद नाफा आर्जन गरेका छन्।

भाटको कुखुराको खोर ।

सुरुमा दुई हजार दुई सय चल्ला राखेको खोरमा अहिले एक हजार आठ सय चल्ला थप गरेका छन्। ‘पहिलो पटक कुखुरापालन सम्बन्धी प्राविधिक ज्ञान र अनुभव नभएर धेरै चल्ला मरे’ उनी भन्छन्, ‘खासै फाइदा नभएपनि दोस्रो पटक १८ सय चल्ला थपें। यसबाट मुनाफा राम्रो भएको छ।’

जागिरभन्दा व्यवसायबाट सन्तुष्ट छन्, उनी। बिहान–बेलुका परिवारसँग बस्न पाएका छन्। गाउँ–समाजमा अप्ठेरो पर्दा सहयोग गर्न भ्याएका छन्। व्यापार व्यवसायमा परिवारको समेत सहयोग छ, उनलाई।

भन्छन्, ‘दुःखसुखमा समाजलाई सघाउन पाएको छु। परिवारसँग रमाउने अवसर मिलेको छ। आम्दानी पनि जागिर भन्दा सन्तोषजनक नै छ। कसैको दबाब छैन्, अभाव छैन।’ व्यवसायले जागिर भन्दा पनि आत्मनिर्भर बनाएको अनुभव उनको छ।

लगानी अनुसारको बजारको भने समस्या रहेको उनको गुनासो छ। ‘बाहिरको बजारको भरपर्दा समयमा कुखुरा बिक्री नहुँदा पनि घाटा हुने गरेको छ’ उनी भन्छन्।

विदेशमा सुरक्षा गार्डका लागि राम्रो पारिश्रमिकको अफर पनि उनलाई आएको थियो। तर परिवारबाट छुट्टिएर बस्नुको पीडा बुझेका उनले त्यसलाई अस्वीकार गरे र आगनमै कुखुरा फर्म खोले।

‘सब थोक पैसा मात्र होइन्, आफन्तसँग भोकै भएपनि बस्न पाए सन्तोष लाग्छ’, उनले भने,‘जीवनमा अरुका लागि दुःख गरियो। अब घरमा आफ्ना लागि र शुखशान्तिका लागि जागिर र विदेश त्यागेर व्यवसाय रोजेको छु।’

स्वदेशमा व्यापार व्यवसायबाट आम्दानी हुँदैन भन्ने मनसाय बोकेका युवाका लागि उदाहरण बनेका छन् उनी। वैदेशिक रोजगारीमा जाने युवाहरूलाई स्वदेशमै व्यवसाय गर्न उनले सुझाव दिएका छन्।

लगानी र लगाव भए स्वदेशमा पनि मनग्य आम्दानी गर्न सकिने उनले बताए। ‘व्यवसायका लागि स्थानीय स्तरमा प्रशस्तै सम्भावना भएकाले रोजगारीका लागि खाडी नपस्न यूवाहरू अनुरोध छ’ उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?