
काठमाडौं – सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ मृत अवस्थामा फेला परेका छन्।
शनिबार बिहानै घरबाट हिँडेका श्रेष्ठको शव इन्द्रावती नदिमा डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी विमलराज कँडेलले जानकारी दिए।
श्रेष्ठ शव वोर्ड गाउँको होष्टे दोवानमा फेला परेको र घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। ६६ वर्षे श्रेष्ठ पारिवारिक तनावमा रहेको प्रारम्भिक अनुसन्धाबाट खुलेको कँडेलले जानकारी दिए।