
वैज्ञानिकहरुले किलोग्राम (केजी) को परिभाषा परिवर्तन गरेका छन् । अहिले किलोग्रामलाई ले ग्राण्ड के भनिने प्लाटिनियममा आधारित इनगट (पिण्ड) को तौलको आधारमा परिभाषित गरिँदै गएको छ ।
गएको शुक्रबार अनुसन्धानकर्ताले किलोग्रामलाई इलेक्ट्रिक करेन्टमा आधारित भएर परिभाषित गर्ने पक्षमा मत दिएका हुन् । तौल तथा नाप सम्बन्धी महासभा मार्फत यस्तो निर्णय लिइएको हो ।
ले ग्राण्ड के तौल मापनका लागि सन् १८८९ देखि विश्वभर प्रमुख रुपमा प्रयोग हुँदै आएको मापक आधार हो । पछिल्लो समय विभिन्न क्षेत्रमा तौलको यकिन मापनका लागि कठिनाइ भइरहेका बेला किलोग्रामको आधार परिवर्तन गर्नु पर्ने आवाज उठेको थियो ।
ले ग्राण्ड के भन्दा धेरै हदसम्म यकिन मापन दिने इलेक्ट्रिक करेन्टमा आधारित भएर तौलको परिभाषा गर्ने निर्णय गरेका हुन् ।