विर्तामोड- झापा जिल्ला फुटबल संघको नयाँ अध्यक्षमा वरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’ चयन भएका छन्।
शनिवार झापाको धुलाबारीमा सम्पन्न वार्षिक साधारण सभा तथा अधिवेशनले आलेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।
यसअघि जलकुमार गुरुङले तीन कार्यकाल अध्यक्ष सम्हालेका थिए।
कार्यक्रममा झापा गोल्डकप आयोजक समितिका संयोजक महेन्द्र गिरीले झापामा फुटबलको विकासका लागि सहारा नेपालले एक जना खेलाडीलाई मासिक तलव उपलब्ध गराएर झापा ११ बाट खेल्न प्रेरित गर्ने बताए।
गिरीले भने, ‘१५ जना खेलाडीलाई एउटा एउटा औधोगिक व्यावसायिक प्रतिष्ठानले पारिश्रमिक उपलब्ध गराएर फुटबल खेलको विकासमा केन्द्रित हुनुपर्छ।’

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































