म्याड्रिड– स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राती भएको खेलमा साविक विजेता रियल म्याड्रिडले भिल्लारियलसँग १–० गोलको हार ब्यहोरेको छ।
घरेलु मैदानमा उत्रिएको रियलको उक्त पराजयपछि स्पेनिस ला लिगाको यो सिजन उसको उपाधि जित्ने सम्भावना निकै कमजोर बनेको छ।
भिल्लारियलका पाब्लो फोर्नाल्सले ८७ औं मिनेटमा गोल गर्दै रियललाई निराश बनाए। करिब ६३ हजार दर्शकसामु खेलिएको यस खेलमा गोल गर्ने पाब्लो २१ वर्षिय मिडफिल्डर हुन्।
उनले घरेलु लिगमा गरेको यो केवल दोस्रो गोल हो। रियल म्याड्रिड १८ खेलबाट ३२ अंक जोडेर चौथो स्थानमा छ। शीर्षस्थानमा रहेको बार्सिलोनाको १८ खेलबाट ४८ अंक छ।
समान १९ खेलपछि एट्लेटिको म्याड्रिडको ४० र भ्यालेन्सियाको ३९ अंक छ।
१९ खेलबाट ३१ अंक भएको भिल्लारियल पाचौं स्थानमा छ। ल्गातारको कमजोर प्रदर्शनपछि रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान अप्ठेरोमा परेका छन्। रियलले गत सिजन घरेलु लिग र युरोपियन च्याम्पियन्स लिग दुवै जितेको थियो। भिल्लारियलले रियलकाे मैदानमा जितेकाे याे पहिलाे पटक हाे।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































