कोरियाली प्रायद्वीपको तनाव समाधान सम्भव, अर्को हप्ता कार्यस्तरीय वार्ता

कोरियाली प्रायद्वीपको तनाव समाधान सम्भव, अर्को हप्ता कार्यस्तरीय वार्ता
+
-

प्योङयाङ-दुई कोरियाबीच भएका पछिल्ला वार्ताले यदि दुवै मुलुक समस्या समाधानका लागि तयार भएमा समाधान असम्भव नभएको पुष्टि गरेको शनिबार उत्तर कोरियाले बताएको छ।

उत्तर कोरियाको सरकारी दैनिक पत्रिका रोडोङ सिनमुनमा प्रकाशित एक लेखमा भनिएको छ, ‘अव उत्तर र दक्षिण कोरियाबीच समस्या समाधानका गर्ने र सम्बन्ध सुधार गर्नका लागि इमान्दार छलफल गर्ने वेला भएको छ।’

सोल र प्योङयाङबीच गत मङ्गलबार पानमुनजोममा विगत दुई बर्षमा पहिलो पटक उच्च स्तरीय वार्ता भएको थियो।

वार्तामा प्योङचाङमा हुने शीतकालिन ओलम्पिक खेलमा उत्तर कोरियालाई सहभागी गराउने दुई देशबीच सहकार्य र तनाव कम गर्ने बिषयमा केही सहमति भएको थियो । यसैलाई उदाहरण दिँदै दुई मुलुकबीचको इमान्दार प्रयास सम्बन्ध सुधारका लागि आवश्यक रहेको पुष्टि भएको उत्तरको दावी छ ।

उत्तर कोरियाली नेता किम जोङ–अनले नयाँ बर्षको पहिलो दिन सम्बन्ध सुधारका लागि प्रस्ताव गरेपछि वार्ता हुन सकेको हो ।

शनिबार दक्षिण कोरिया र उत्तर कोरियाबीच कार्यस्तरीय वार्ताका अर्को हप्ता छलफल हुने बताइएको सोलका एकिकरण मामिला मन्त्रीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?