
काठमाडौं- प्राय: मानिसहरु हृदयाघातको उपचारका लागि लाखौँ रुपैयाँ खर्च गर्छन्। तर उनीहरुको रोग निको भएको देखिँदैन। रहनसहन, जीवनशैली, तनाव र चिन्ता हृदयाघातको मुख्य कारण मानिन्छ।
एक अनुसन्धानकर्ताले हृदयाघातको अचुक घरमै रहेको दाबी गरेका छन्। प्रसिद्ध हृदयाघात रोग विशेषज्ञ डा. जोन क्रिस्टोफरका अनुसार हृदयघातको अचुक उपाय रातो खुर्सानीलाई मानिएको छ।
उनले भनेका छन्, ‘मानिसहरु हृदयघातको उपचार गर्न लाखौँ रुपैयाँ खर्च गर्न बाध्य हुन्छन्। तर, कहिल्यै पनि घरेलु उपायमा ध्यान दिँदैनन्। यसको मुख्य समस्या रहनसहन र जीवनशैली हो। तर, एक चम्चा रातो खुर्सानीको धुलोले हृदयघातमा रामवाण सरह काम गर्छ।’ उनले हृदयघातको बिरामीलाई यसले करिब ६० सेकेण्डभित्र काम गर्ने दाबी गरेका छन्।
https://www.youtube.com/watch?v=s_bTku7duqM
यसबारे उनी भन्छन्, ‘मैले अहिलेसम्म हृदयाघातका जति पनि बिरामीको उपचार गरेको छु, त्यसमध्ये कुनै पनि बिरामी मरेका छैनन् हृदयाघातले। म उनीहरुलाई उपचारको लागि यही रातो खुर्सानी हालेको चिया पिउन लगाउँछु। एक कप तातो पानीमा एक चम्चा रातो खुर्सानीको धुलो। त्यसपछि उनीहरु केही मिनेटमै आफ्नै खुट्टा टेकेर हिँड्न थाल्छन्।’
यद्यपि यो उपायबारे हृदयरोगका अन्य विशेषज्ञले अहिलेसम्म केही बताएका छैनन्।