हेल्थ टिप्स

यस्तो लक्षण देखिएमा लापरबाही नगर्नुस्, हुन सक्छ ब्रेन ट्यूमर

यस्तो लक्षण देखिएमा लापरबाही नगर्नुस्, हुन सक्छ ब्रेन ट्यूमर
+
-

काठमाडौँ – क्यान्सर एक खतरनाक बिरामी हो । समयमै रोग पत्ता लागेन र उपचार गरिएन भने क्यान्सरले मानिसलाई मृत्युको मुखमा पुगाउँछ ।

आधुनिक जीवनमा क्यान्सरका बिरामीहरु दिनप्रतिदिन बढीरहेका छन् । बालकदेखि बृद्धसम्मलाई क्यान्सरले प्रताडित पार्न सक्छ ।
सुरुवातमा क्यान्सरको लक्षण थाहा पाउन नै मुस्किल हुने गर्छ ।

तर यहाँ केही यस्ता लक्षणहरु उल्लेख गरिएका छन् जसबाट तपाईलाई आफूमा ब्रेन ट्यूमर छ या छैन यदि छैन भने हुने सम्भावना पनि छ कि छैन भनेर थाहा पाउन सक्नुहुन्छ ।

कसरी हुन्छ ब्रेन ट्यूमर ?


ब्रेन ट्यूमर भएपछि मानिसको दिमागमा कोशिकाहरु चाहिनेभन्दा धेरै बढ्ने गर्दछन् र फैलने गर्छन् ।

ब्रेन ट्यूमर दुई प्रकारको हुन्छ ।

Primary Brain Tumour – यो क्यान्सर दिमागको जुन ठाउँमा सुरु हुन्छ त्यही फैलने गर्छ ।

Secondary Brain Tumour-यो क्यान्सर प्राय धेरैमा देखिन्छ । यसको सुरुवात शरीरको कुनै एक भागबाट हुन्छ र बिस्तारै शरीरका अन्य अंगहरुमा फैलन्छ । धेरैजसो यो क्यान्सर दिमागमा फैलन्छ ।

धेरै पटक मानिसको शरीरमा क्यान्सरका लक्षण देखिने गरेपनि बेवास्ता गरेका कारण समस्या ठूलो बन्ने गरेको चिकित्सकहरु बताउँछन् ।

मानिसहरुले यस्ता लक्षणहरुलाई ध्यान नदिने गरेका कारण समयमै रोगको शिकार भइसकेको बारे थाहा पाउदैनन् र समयमै उपचार हुन पनि सक्दैन ।

ब्रेन ट्यूमरका लक्षण के हुन?


बिना कुनै कारण लगातार टाउको दुःखीरहेको छ भने यो ब्रेन ट्यूमरको लक्षण हुन सक्छ । ब्रेन ट्यूमर भएमा बिहान अत्यधिक टाउको दुःखाई हुन्छ भने दिन ढलेसँगै दुःखाई कम भएर जान्छ ।

ब्रेन ट्यूमर तीव्र गतीमा फैलिन्छ र बिस्तारै यदि तपाईको शरीरमा छटपटाहट पैदा हुन्छ भने यो पनि ब्रेन ट्यूमरको लक्षण हुन सक्छ । यदि तपाईको पनि टाउको दुख्नुका साथै छटपटाहट महसुस हुन्छ भने तुरुन्तै डाक्टरलाई देखाउनुहोस् ।

यस्तै अचानक उठ्ने बित्तिकै आँखामा अध्यारो छाउँछ र साथमा चक्कर पनि आउँछ भने यो पनि ब्रेन ट्यूमरको लक्षण हुन सक्छ ।

चक्कर या बान्ता आउने जस्तो लगातार भइरहन्छ भने पनि यो ब्रेन ट्यूमरको लक्षण हुन सक्छ । प्राय यस्ताे लक्षण ब्रेन ट्यूमर भएको केही समयपछि देखिन्छ तर कतिपय अवस्थामा भने सुरुमै देखिन्छ ।

जब दिमागको स्मरण शक्ति कमजोर बन्दै जान्छ र व्यक्तित्वमा परिवर्तन आउन थाल्छ भने पनि यो ब्रेन ट्यूमरको लक्षण हुन सक्छ । यसबेला डिमेन्शिया हुने खतरा पनि कायम रहन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?