निर्वाचन बिथोल्ने करिब हजार पक्राउ

+
-

काठमाडौं– पहिलो चरण निर्वाचन कार्यक्रम सुरु भएयता प्रहरीले निर्वाचन विरोधी गतिविधिमा सक्रिय करिब हजार जनालाई पक्राउ गरिसकेको छ। यद्यपि बम विस्फोट र उम्मेदवार तथा पार्टी कार्यकर्ता लक्षित एम्बुसका घटनामा कमी आएको छैन।

प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआइजी मनोज नेउपानेले निर्वाचन विरोध गतिविधि गर्नेहरुलाई पक्राउ गर्ने क्रम निरन्तर रहेको देशसञ्चारसँग बताए।

पक्राउ परेकामध्ये सबैभन्दा धेरै नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट कार्यकर्ता छन्। प्रहरीले अहिलेसम्म विप्लव समूहका ५९७ जना कार्यकर्ता पक्राउ गरिसकेको छ। त्यस्तै, सीके राउत समूहका १३ जना कार्यकर्ता यस अवधिमा पक्राउ परेका छन्। त्यस्तै, अन्य ३५५ जनालाई निर्वाचन विरोधी गतिविधिमा सक्रिय रहेको अभियोगमा पक्राउ परेका छन्।

पक्राउ परेमध्ये विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई हातहतियार तथा विस्फोटक पदार्थ राखेको, ज्यान मार्ने उद्योग गरेको र सार्वजनिक मुद्दा चलाइएको छ। त्यस्तै, सीके राउत समूहमा रहेकाहरुलाई सार्वजनिक मुद्दा चलाइएको छ। अन्य ३५५ जनालाई सार्वजनिकलगायतमा मुद्दा चलाइएको डीआइजी नेउपानेले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?