
माता शारदे
अठार कोटी नमन्
गाडी चढाऊ !
मदन खिन्न
हातको मैला हैन
मुनाको चैन!
चढेर हुन्न
उडिरहनु पर्छ
हेलिप्याड खै?
खान्छु कसम-
विद्यानाश मलाइ
दर्वार देऊ !
तक्षक पाल्दै
जनता डस्ने खेल
अजर तिमी?
कमल बरु
टाकुरामै फुलोस्न
बल्खु ब्युँझन्न।
विद्या नासे’सि
खड्ग उचाल्छ मान्छे
विवेक गिँड्छ ।
भष्म हुनुछ
आगोसँग नखेल्नू
जनता -आगो !
सुकेको रुख
जनकपुर पुग्यो
हठात् तर्सियो !
रुख काँतर
छायासँग रातमा
आाफैँ तर्सिन्छ।