दक्षिण अमेरिकी मुलुक पेरुको समुद्री तटमा केही बेरअघि ७.३ म्याग्निच्यूडको भूकम्प गएको छ।
अमेरिकी जिओलोजिकल सर्भेलाई उद्धृत गर्दै एपीले उल्लेख गरेअनुसार पेरुको समुद्री तटमा गएको भूकम्पको क्षतिबारे थाहा भइसकेको छैन।
पेरुको दक्षिणी सहर पुकियोबाट १ सय २४ किलोमिटर दक्षिण पूर्वमा भूकम्पको धक्का महसुस गरिएको हो। दस किमी गहिराइमा भूकम्पको केन्द्रबिन्दु छ।
भूकम्पको केन्द्रबिन्दु भएको ठाउँनजिक सुनामीको चेतावनी पेरु सरकारले दिएको छ।
पेरु सरकारका अधिकारीका अनुसार ‘तटीय क्षेत्रका सर्वसाधारणलाई सूचनाका लागि चनाखो रहन र आवश्यक निर्देशन पालना गर्न’ भनिएको छ।