अ
+
अ
अ
-
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरुले गर्न पाउने खर्चको अधिकतम सीमा निर्धारण गरेको छ।
निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभाका उम्मेदवारले बढी ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन्।
राष्ट्रिय सभाका उम्मेदवारले प्रचार प्रसार सामग्रीमा १४ हजार ५० हजार, गोष्ठी तथा अन्तर्क्रियामा १ लाख, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालनमा ३० हजार, इन्धनमा १० हजार खर्च गर्न पाउनेछन्। त्यस्तै सवारी साधनमा ७० हजार, ढुवानीमा १० हजार, प्रचार सामग्रीमा १४ हजार ५ सय, मतदाता नामावली खरिदमा १ हजार र विविधमा ३० हजार गरी जम्मा ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले तोेकेको छ।