काठमाडौँ- आइतबार कारोबार सुरु भएदेखि नै ओरालो लागेको सेयर बजार ९.१९ अंकले घटेर बन्द भएको छ।
गत साताको सुरुवात भने बजार बढेर भएको थियो। आइतबारको गिरावटपछि नेप्से परिसूचक १४३१.१० अंकमा पुगेको छ।
नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। साताको पहिलो कारोबार दिन १५२ कम्पनीको ३२ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
१ करोड ९३ रुपैयाँको कारोबार गरेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था सबैभन्दा बढी रकमको कारोबार गर्ने कम्पनी बन्यो। साताको पहिलो दिन चिलिमे जलबिद्युतका लगानीकर्ताले सबैभन्दा धेरै कमाउँदा सेन्ट्रल फाइनान्सका लगानीकर्ता धेरै गुमाउनेमा परे। चिलिमेको मूल्य ६.९५ वृद्धि हुँदा सेन्ट्रलको मूल्य ६.२९ प्रतिशतले घटेको थियो।
साताको पहिलो दिन जलबिद्युत र अन्य बाहेकका उपसूचकहरु ओरालो लागेका छन्। जलबिद्युत २.८८ अंक र अन्य ०.४७ अंकले बढेको छ।नेप्से परिसूचक ओरालो लाग्दा क बर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स पनि १.४८ अंकले घटेको छ।