धनगढी- कैलालीमा मोटरसाइकल दुर्घटनामा परी चुरे गाउँपालिकाका अध्यक्षसहित चार जना घाइते भएका छन्।
आइतबार दिउँसो गौरीगंगा नगरपालिका–३, कुचैनी पुलनजिक दुई मोटरसाईकल एक आपसमा ठोक्किँदा चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्का मगरसहित चार जना घाइते भएका हुन्।
गाउँपालिका अध्यक्ष सवार से ३ प ४१६३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ प ५९८३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा अध्यक्षको मोटरसाइकलमा सवार चुरे गाउँपालिका बस्ने ४४ वर्षीय प्रेम आचार्य पनि गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।
उनीहरुको पदमा अस्पताल अत्तरियामा उपचार हुन नसकेपछि नेपालगञ्ज रेफर गरिएको छ। म १ प ५९८३ नम्बरको मोटरसाइकल चालक गौरीगंगा नगरपालिका बस्ने २४ वर्षीय मुन्ना चौधरी र सवार ३९ वर्षीय जितबहादुर मल्ल पनि सामान्य घाइते भएका छन्।
सम्बन्धित समाचारहरु…
संखुवासभाको दुर्गम गाउँमा जिप दुर्घटना हुँदा पाँचको मृत्यु