प्रदेशसभा सदस्यलाई काठमाडौंबाटै प्रमाणपत्र दिइने

+
-

काठमाडौं- निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकबाट निर्वाचित सदस्यहरुलाई काठमाडौंमा प्रमाणपत्र दिने भएको छ।

मंसिर १० र २१ गते भएको चुनावमा प्रत्यक्षबाट निर्वाचित प्रदेशसभाका तीन सय ३० जना सांसदले जिल्लाकै मुख्य निर्वाचन अधिकृतबाट प्रमाणपत्र पाए पनि प्रदेशसभाका समानुपातिक सांसदलाई भने काठमाडौंमै प्रमाणपत्र दिइने तयारी गरिएको हो।

सातवटै प्रदेशमा गरी समानुपातिक सांसद दुई सय २० जना छन्।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलका अनुसार प्रदेशगत रुपमा आयोगको संरचना नभएको र अधिकांश सदस्यहरु काठमाडौंमै रहने भएकाले उनीहरुलाई प्रमाणपत्र केन्द्रीय कार्यालयबाटै दिन लागिएको हो।

सरकारले प्रदेश प्रमुख नियुक्त नगर्दा आयोगले प्रदेशसभाको समानुपातिकतर्फको परिणाम बुझाउन पाएको छैन।

संवैधानिक व्यवस्थअनुसार चुनावको अन्तिम परिणाम आएको सात दिनभित्र आयोगले प्रदेश प्रमुखसमक्ष परिणाम पेश गरिसक्नुपर्नेछ।

प्रदेशको अन्तिम परिणाम बुझाउन ढिलाइ भए राष्ट्रियसभा सदस्य चुनावको कार्यतालिका पनि प्रभावित हुने सम्भावना बढेको छ ।

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?