शासन व्यवस्थामाथि चोटिलो व्यङ्ग्य, नाटक ‘अँधेरी नगरी चौपट राजा’

शासन व्यवस्थामाथि चोटिलो व्यङ्ग्य, नाटक ‘अँधेरी नगरी चौपट राजा’
+
-

विवेकहिन र निरङ्कुश शासन व्यवस्थामाथि चोटिलो व्यङ्ग्यसहितको नाटक ‘अँधेरी नगरी चौपट राजा’ राजधानीको मण्डला नाटक घरमा मञ्चन भइरहेको छ ।

भारतका चर्चित साहित्यकार भारतेन्दु हरिशंचन्द्रको यो नाटक सङ्गीत सापकोटा र आशिष घिमिरेले नेपाली भाषामा अनुवाद तथा निर्देशन गरेका हुन् । यसअघि यो नाटक काठमाडौँको थापागाउँस्थित कुञ्ज थिएटरमा मञ्चन भएको थियो ।

नाटकमा जीवन भट्टराई, श्रवण राना, संजित प्रताप मल्ल, स्लिम जीवन, आरजेश रेग्मी, सागर दाहाल, बारात लिम्बु, दीपेन्द्र शाही, पुष्कर कार्की, प्रकु पाण्डे, लगायतको अभिनय रहेको छ । क्याप मोसन पीक्चरस् र कलाशी प्रोडक्सनले निर्माण गरेको नाटकमा सङ्गीत सापकोटा र मोनिश निरौलाको संगीत छ ।

समसामयीक विषयसँग मेलखाने ब्यङग्य सहितको हास्यरस नाटकमा रहेको निर्देशक संगीत सापकोटाले बताए । उनका अनुसार एक विवेकहिन शासकको शासनका कारण नगरबासीले पाउने दुःख, उसको पतन र नयाँ आउने शासकमा पनि त्यही शासन प्रवृती नाटकको सार होे ।

मङ्सिर ७ गतेदेखि सुरु भएको नाटक २२ गते सम्म मन्चन हुने नाटककी प्रोडक्सन डिजाइनर सगुन पोखरेलले बताइन । नाटक सोमबार बाहेक हरेक दिन ५ बजे तथा शनिबार दिउसो १ बजे समेत मन्चन भइरहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?