बाक्लो हुस्सुले माइक्रोबस दुर्घटना हुँदा एकको मृत्यु, ४७ घाइते

बाक्लो हुस्सुले माइक्रोबस दुर्घटना हुँदा एकको मृत्यु, ४७ घाइते
+
-

दाङ–दाङमा सोमबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्।घोराहीबाट तुल्सीपुर जाँदै गरेको बा ३ ख ९५२१ नम्बरको माइक्रोबस बाक्लो हुस्सुका कारण अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

दुर्घटनामा परी माइक्रोबसमा सवार तुलसीपुर उपमहानगरपालिका ३ निवासी २२ वर्षीय ज्ञानबहादुर गिरीको उपचारका क्रममा मृत्यु भएको र अन्य ११ जना घाइते भएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

घाइतेमध्ये चारजना गम्भीर रहेको र उनीहरुलाई तुलसीपुरमा प्रारम्भिक उपचार पछि अहिले थप उपचार नेपालगञ्जमा भइरहेको छ।

यसैबीच घोराही उपमहानगपालिका १५ रतनपुरमा दुईवटा बस एक आपसमा ठोक्किँदा चार जना गम्भीर घाइते भएका छन्।

घटनामा परी थप ३१ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख १४६० र घोराहीबाट तुलसीपुर जाँदै गरेको ना ३ ख ५४४७ नम्बर बस एकापसमा ठोक्किँदा चार जना गम्भीर घाइते भएका हुन्।

घटनामा परी घोराही १० नारायणपुरका ४७ वर्षीय ऋषिकेश केसी, सन्ध्या केसी, तुलसीपुर १६ मानपुरका देबहादुर डाँगी र रोल्पा निवासी २८ बर्षीया रीता विक गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते भएका चार जनालाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ। घटनामा परी घाइते भएका ३० जनाको घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भएको छ।

सम्बन्धित समाचारहरु…

माइक्रोबसको ठक्करबाट महिला गम्भीर घाइते

माइक्रोबसको ठक्करले चितुवाको मृत्यु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?