पाँच कम्पनी कालोसूचीमा

+
-

काठमाडौँ- समयमै खरिद बिक्री नगर्ने विभिन्न पाँच ठेकेदार कम्पनी कालोसूचीमा परेका छन्।

प्रतिबद्धताबमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखी कारबाही गरेको हो। कालोसूचीमा परेकामा टोखा नगरपालिका धापासीको ‘डिएनके ट्रेडिङ प्रालि’, काठमाडौँ महानगरपालिका घट्टेकुलोको ‘क्वालिटी सेक्यूरिटी गुड्स सप्लायर्स’, काठमाडौँ महानगरपालिका इन्द्रचोकको नारायणदास श्रीनिवास र काठमाडौँकै पवन कुमार/नितेश कुमार छन्।

ललितपुर महानगरपालिकाको पशुपति इन्टरनेशनल प्रालिलाई पनि सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा राखिएको छ। समयमै काम नगरेका कारण ठेकेदार कम्पनीलाई कालो सूचीमा राखिएको अनुगमन कार्यालयका सचिव कृष्ण देवकोटाले जानकारी दिए।

उनका अनुसार ती कम्पनीले एकदेखि तीन वर्षसम्म कुनै कारोवार गर्न पाउने छैनन्। ती कम्पनीले गरेको गल्तीका आधारमा कारवाहीको समयावधि राखिएको र उनीहरुले पुनरावेदन गर्न सक्ने व्यवस्था भएको सचिव देवकोटाको भनाइ छ। (रासस)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?