प्रदेश २ मा कुपोषणको अवस्था भयावह

प्रदेश २ मा कुपोषणको अवस्था भयावह
+
-

जनकपुरधाम – प्रदेश २ मा कुपोषणको अवस्था भयावह रहेको पोषणका लागि नागरिक समाज सञ्जाल नेपाल (सिसान) को एक तथ्यांकले देखाएको छ । सिसानको तथ्यांक अनुसार देशको ७ वटै प्रदेशभन्दा प्रदेश २ को अवस्था भयाभह रहेको छ ।

प्रदेश २ का बालबालिकामा ३७ प्रतिशतमा पुड्कोपन, १४.४ प्रतिशतमा ख्याउटेपन, ३६.८ प्रतिशत बालबालिकामा कमतौल, ५९.४ मा रक्तअल्पता रहेको छ जसमध्ये महिलामा ५७.८ प्रतिशत रहेको जनाइएको छ ।

अन्य प्रदेशको तुलनामा सही पोषणको कमीले प्रदेश २ को पोषण स्थिति भयावह हुन पुगेको बहुक्षेत्रीय पोषण योजनाका जिल्ला संयोजक हेमन्त झाले बताए ।

प्रदेश २ मा सबै कुरा सजिलै उपलब्ध गर्न सक्ने वातावरण रहेपनि जनचेतनाको अभावले बालबालिका कुपोषणको शिकार भएको उनले बताए ।

नेपाल जनसांख्यकीय सर्वेक्षण २०१६ अनुसार ५ वर्ष मूनिका ३६ प्रतिशत बालबालिका दीर्घ कुपोषण तथा पुड्कोपनबाट प्रभावित भएका छन् ।

१० प्रतिशतमा ख्याउटेपन र २७ प्रतिशत कम तौलको कारणले पीडित भइरहेका छन् । यस्तै, ६ महिनादेखि ५ वर्ष मूनिका ५३ प्रतिशत बालबालिकामा रक्तअल्पता रहेको पाइएको छ ।

धनुषा जिल्लाका १८ वटा स्थानीय तहहरूमध्ये हालसम्ममा जनकपुरधाम उप(महानगरपालिका, धनौजी गाउँपालिका, नगराइन नगरपालिका, मिथिला बिहारी नगरपालिका र औरही गाउँपालिकामा बहुक्षेत्रीय पोषण योजना लागूसमेत हुन नसकेको संयोजक झाले जनाए ।

एउटा कुपोषित बच्चाले युवा भएर कुपोषित बच्चा नै जन्माउने र यसले समस्या अझै बल्झिने भएकोले समयमै समस्या समाधानका लागि खानपानमा उचित ध्यान दिन आवश्यक रहेको उनको भनाई छ ।

जनकपुरमा एक कार्यक्रम आयोजना गरेका सिसानले प्रदेश २ का आठ जिल्लामध्ये सिरहावाहेक सबै जिल्लामा बहुक्षेत्रीय पोषण योजना लागू गरिएको समेत जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?