भारतको वाराणसी स्थित विश्व प्रसिद्ध संकट मोचन मन्दिरमा बम आक्रमण गर्ने चेतावनीसहितको चिट्ठी भेटिएपछि हंगामा मच्चिएको छ ।
चिट्ठीमा २००६ मा भएको बम हमला भन्दा पनि ठूलो आक्रमण गरिने चेतावनी दिइएको छ ।
संकट मोचन मन्दिरका महन्त विश्वंभरनाथ मिश्रका अनुसार सोमबारराति उक्त धम्कीपत्र पाइएको हो । चिट्ठीमा मन्दिरमा मार्च २००६ भन्दा पनि ठूलो बम आक्रमण गर्ने चेतावनी दिइएको छ । साथै यो धम्कीलाई हल्का रुपमा नलिन पनि चेतावनी दिइएको छ ।
यस्तो धम्कीपछि मंगलबार नै विश्वंभरनाथ मिश्रले प्रहरीमा निवेदन दर्ता गराएका छन् । धम्कीपत्रमा नाम उल्लेख गरिएका जमादार मिया र अशोक यादवविरुद्ध उजुरी परेपछि प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
सात मार्च, २००६ मा संकट मोचन मन्दिर, कैन्ट स्टेशन रदशाश्वमेधघाटमा श्रङखलावद्ध बम आक्रमण भएको थियो । जसमा १२ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए ।

भर्खरै
लोकप्रिय






































































































































































































