प्रियंका-निकको हिन्दु परम्परा अनुसार भएको विवाह समारोहमा जुत्ता लुकाएबापत निक जोनसले साली परिणीति चोपडालाई दिएको रकमका बारेमा अहिले चर्चा भइरहेको छ ।
मंगलबार निकले जुत्ता लुकाएबापत पाँच लाख दिएको खबर आएको थियो तर बुधबार परिणीतिले गरेको ट्वीटपछि पाँच लाख रुपैयाँ दिएको खबर सत्य नरहेको खुलासा भएको छ ।
उनले ट्वीटरमा लेखेकी छन्,’मानिसहरु जुत्ता लुकाएपछि पाइएको पैसाका बारेमा जे जस्तो अनुमान गरिरहेका छन् त्यो सबै गलत छ तपाईँहरुलाई यसबारेमा केही थाहा छैन । तर निकले मलाई अचम्मित पारेका थिए ।’

परिणीतिको यस्तो ट्वीट आएपछि निकले उनलाई पाँच लाख भन्दा पनि धेरै रकम दिएको अनुमान गरिन थालिएको छ तर यसबारेमा अझै सत्य बाहिर आएको छैन ।


भर्खरै
लोकप्रिय






































































































































































































