फेसबुकमाथि कहर, प्रमुख मार्क जुकरबर्गको गोप्य इमेलसहितका जानकारी सार्वजनिक

फेसबुकमाथि कहर, प्रमुख मार्क जुकरबर्गको गोप्य इमेलसहितका जानकारी सार्वजनिक
+
-

फेक न्युजका सम्बन्धमा बेलायती संसदले गरिरहेको अनुसन्धानको क्रममा लुकाइएको तर फेसबुकबाट जफत गरिएका जानकारीहरु प्रकाशित भएका छन् ।

यसमा फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकरबर्गले सोसल नेटवर्कका कर्मचारीलाई पठाएका इमेल पनि समावेश छ । एक सफ्टवेयर फर्मबाट इमेलहरु प्राप्त भएको बेलायती सांसदले बताएका छन् ।

झण्डै २५० पृष्ठको जानकारी प्रकाशित भएको हो । यसरी सार्वजनिक गरिएका केही जानकारी वा इमेल निकै गोप्य र संवेदनशिल रहेका छन् । फेसबुकले यसरी जानकारी सार्वजनिक गरिएकोमा आपत्ति जनाएको छ ।

अनुसन्धानको नेतृत्व गरिरहेका सांसद ड्यामिएन कोलिन्सका अनुसार फेसबुकले केही कम्पनीहरुलाई प्रयोगकर्ताका जानकारीमा पूर्ण पहुँच दिएको पाइएको छ ।

यस्तै अपडेटेड एन्ड्रोइड एप्लिकेनले प्रयोगकर्ताको जानकारी संग्रहित गर्छ भन्ने फेसबुकलाई थाहा रहेको पनि उनले बताएका छन् ।

यसरी जानकारीमा पहुँच वा जानकारी उपलब्ध गराएबापत हुने आर्थिक लाभका बारेमा अनुसन्धान हुन बाँकी नै रहेको पनि बताइएको छ ।

फेसबुकले भने जानकारीहरुलाई निकै भ्रमित पार्ने तरिकाले प्रस्तुत गरिएको आरोप लगाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?