दक्षिण कोरियाले कोरियाली वार्ताबारे अमेरिकालाई जानकारी गराउने

दक्षिण कोरियाले कोरियाली वार्ताबारे अमेरिकालाई जानकारी गराउने
+
-

सोल-हालै उत्तर कोरियासँग सम्पन्न भएको मन्त्रीस्तरीय वार्ता र आगामी दिनमा गर्ने उच्चस्तरीय वार्ताको तयारीका बारेमा दक्षिण कोरियाले अमेरिकालाई जानकारी गराउने भएको छ।

सो प्रयोजनका लागि दक्षिण कोरियाका एकजना वरिष्ठ कूटनीतिज्ञ मंगलबार अमेरिकाको भ्रमणमा जान लागेको समाचार दक्षिण कोरियाली विदेश मन्त्रालयले जनाएको छ।

दक्षिण कोरियाली उपविदेशमन्त्री लिम सोङ नाम मगङ्लबार अमेरिका जाँदैछन्। उनी आगामी शनिबारसम्म नै अमेरिकामा रहने बताइएको छ । त्यस भ्रमणका क्रममा उहाँले हालै भएको दक्षिण र उत्तर कोरियाबीचको उच्चस्तरीय वार्ता र त्यसको प्रगतिका विषयमा अमेरिकी उप विदेशमन्त्री जोन सुलिभानलाई जानकारी दिनेछन्।

नामले अमेरिकामा रहँदा अमेरिकी उपविदेश मन्त्री जोन सुलिभानका साथै अन्य विशिष्ठ अधिकारीहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ । यही जनवरी ९ मा उत्तर र दक्षिण कोरियाबीच दुई वर्षपछि पहिलो पटक मन्त्रीस्तरको उच्चस्तरमा वार्ता भएको छ । करिब दुई वर्षपछि भएको यस भेटवार्तालई दुई कोरियाको सम्बन्ध सुधारका रुपमा विश्वमा नै प्रचार गरिएको छ।

यस वार्तालाई अमेरिकाले पनि निकै नजिकबाट हेरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले सो वार्ताको स्वागत गरेका छन्। साथै उनले आवश्यक परेमा आफूले उत्तर कोरियाली नेतासँग पनि वार्ता गर्ने धारणा सार्वजनिक गरेका थिए।

उनले यसै वार्ताबाटै अघि बढ्न र कोरियाली प्रायद्धीपमा जारी अशान्तिको अवस्थाको अन्त्य गर्न पनि दुबै कोरियाली नेतृत्वसँग आग्रह गरेका थिए। विशेषगरी पछिल्लो समयमा उत्तर र दक्षिण कोरियाबीच द्विपक्षीय उच्चस्तरीय वार्ता जारी रहेकै बेला दक्षिण कोरियाली उच्च कूटनीतिज्ञको अमेरिका भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ।

दुई देशका अधिकारीबीच सोमबार पनि सोलमा वार्ता भएको छ । सो वार्ता आगामी ओलम्पिक खेलमा उत्तर कोरियाको सहभागिताका विषयमा बढी मात्रामा केन्द्रित भएको बताइएको छ।अर्को महिना दक्षिण कोरियामा आयोजना हुन लागेको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाको सहभागिता र उक्त खेलको तयारीको बारेमा आवश्यक छलफलका लागि उत्तर र दक्षिण कोरियाको बैठक दक्षिण कोरियामा सोमबार बसेको थियो।

कार्य समूहको बैठक नाम दिइएको सो बैठकमा दुवै देशका तर्फबाट चार चार जना उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । यसअघि यही जनवरी ९ मा दुवै कोरियाको बैठक दक्षिण कोरियामा बसेको थियो । उक्त बैठकमा उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्नो सहभगिता रहने बताएको थियो।

पछिल्लो समयमा दुई कोरियाबीचको सम्बन्धमा सुधार आएको छ । गएको जनवरी १ मा नयाँ वर्षको अवसर पारी देशवासीका नाममा गर्नुभएको सम्बोधनका क्रममा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले एक आपसमा वार्ताको प्रस्ताव स्वीकार गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?